जेठ ०४, २०८१, शुक्रबार
               

भन्सार छलेर सामान भित्र्याएको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छलेर भारतबाट सामान भित्र्याएको आरोपमा तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

वीरगञ्जका रजनीशकुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनाविरुद्ध पाटन उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो । छुट्टै क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ताकपडालगायत सामान भित्र्याएको आरोपमा उनीहरुविरुद्ध तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरिएको छ । 

नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्र कुमार गुप्ता, ट्रकचालक सुनीलकुमार, काठमाडौंमा व्यवसाय गर्ने बाराको कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । गुप्ता मालसामान ढुवानीकर्ता हुन् । 


कस्तो लाग्यो ?

यो पनि