जेठ ०५, २०८१, शनिबार
               

बोक्सी भन्दै एक समूहले गर्यो महिलामाथि निर्घात कुटपिट

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । महोत्तरी जिल्लामा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गरिएको छ । जिल्लाको सम्सी गाउँपालिका–७ निवासी ४५ वर्षीया पवनदेवी यादव नाम गरेकी महिलालाई बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

ती महिलालाई त्यहीँका स्थानीय दिनेश यादव लगायत उनका छोराहरु कृष्ण यादव, आशिक यादव, आमा सुजियादेवीले गत शुक्रबार कुटपिट गरेको बताइएको छ ।

धेरै समूहको निर्घात कुटपिट पछि गम्भीर घाइते भएकी महिला यादवलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।​ प्रहरीका अनुसार शुक्रबार बेलुका ती समूहहरुले बोक्सीको आरोप लगाएर गालीगलौज गरेका थिए । उक्त घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान भइरहेको जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि