जेठ ०६, २०८१, आइतबार
               

आज उपत्यकाका केही स्थानमा विद्युत् कटौती हुने

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा केही स्थानमा आज (आइतबार) दिउँसो विद्युत् कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म केही स्थानमा विद्युत् कटौती गर्ने भएको हो ।

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको हो ।

नयाँ फिडर तान्ने समयमा बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा केही समय विद्युत् कटौती हुनेछ ।

प्राधिकरणका अनुसार, नयाँ फिडर लाइन तान्ने काम सकिएलगत्तै विद्युत् आपूर्ति हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि