जेठ ०६, २०८१, आइतबार
               

बोक्सीकाे आरोपमा एकल महिलामाथि निर्घात कुटपिट

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

महोत्तरीमा एकल महिलामाथि बोक्सीकाे आरोप लगाउँदै निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ ।

सम्सी गाउँपालिका-७ की ४५ वर्षीया महिलामाथि शुक्रबार राति करिब ८ बजे निर्घात कुटपिट भएकाे हाे । 

कुटपिटबाट घाइते भएकी ती महिलाको टाउको र ढाडमा चोट लागेको छ । प्रहरीका अनुसार जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उनकाे उपचार भइरहेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि