बैशाख २४, २०८१, सोमबार
               

खुल्यो नारायणगढ-मुग्लिन सडक

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

फाइल फोटो
ADVERTISEMENT

चितवन । गएरातिदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गएराति सुख्खा पहिरो झरेर सडक अवरुद्ध भएको थियो । 

सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति करिब १ बजेतिर इच्छाकामना गाउँपालिका–५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको थियो ।

पहिरो हटाएसँगै जाममा परेका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

यो पनि