जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः पहिलेभन्दा फरक

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा सामान्य बदली रही वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

दिउँसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि