भदौ २३, २०८१, आइतबार
               

प्रधानमन्त्रीद्वारा तीजको शुभकामनाः जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज पर्व कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् । 

नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर  मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व  दिन सबैमा विशेष अनुरोध गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि