जेठ ०५, २०८१, शनिबार
               

शुक्रबारको मौसमः उपत्यकामा बिहानैदेखि चहकिलो घाम (फोटो फिचर)

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि घामको चहकिलो किरण देखिएको छ भने बर्खाको मौसम भएकाले देशभित्रका केही जिल्लाहरुमा भारी वर्षाको कारण आएको बाढी पहिरोबाट ठूलो जनधनको क्षेति हुने सम्भावना रहेकाले आम नागरिकलाई सतर्क रहन राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि