बैशाख १४, २०८१, शुक्रबार
               

४९ प्रहरी उपरीक्षककाे सरुवा

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले ४९ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेकाे छ ।

एसपी अनुरागकुमार द्विवेद्वी प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आएका छन् । अविनारायण काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । त्यस्तै कृष्णकुमार महत लागूऔषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

उनीहरू क्रमश:  महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, जिल्ला प्रहरी कार्यालय नुवाकोट र  महानगरीय सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइमा कार्यरत थिए । 

यता महानगरीय अपराध महाशाखामा कार्यरत हाेविन्द्र बोगटी र सन्तोष भट्टराईकाे  क्रमश: जिल्ला प्रहरी कार्यालय स्याङजा र पाल्पा सरुवा भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि