बैशाख १७, २०८१, सोमबार
               

उपत्यकाका बैंकहरु बन्द

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । 

बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि बिहीबार उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु बन्द गरिएको हो । 

कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारको लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न आह्वान गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले एक साताको लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति लिएको थियो । 

सो सहमतिपछि राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो । 

तर, प्रशासनले पूर्व प्रतिवद्धताअनुसार बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले जनाएको छ । 

यसबारे संघले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल समेत गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि