असोज ०६, २०८१, आइतबार
               

झण्डा जलाउने समूहमाथि ‘राज्यबिरुद्धको कसुर’

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए ।

गीत गाउने ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । 

सो समूहले मकवानपुरमा सुटिङ गरेको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउनुका साथै ब्राम्हण र क्षेत्री समुदायलाई अश्लिल गाली गरिएको छ ।  

मुलुकी अपराधसंहिता–०७४ को भाग २ परिच्छेद १ दफा (५०) को उपदफा (३) अनुसार सरकारको कामकारवाहीबारे घृणा, द्वेष फैलाएका वा अपहेलना गरे गराएमा तीन वर्ष कैद र ३० हजार जरिवाना हुनेछ ।

मुलुकी अपराधसंहिता अन्तर्गको दुवै कसुरमा उनीहरुमाथि कारवाही गगरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘देशद्रोही’ शीर्षकको सो भिडियो सोमबार ‘मंगोल हाेप अफिसियल’ नामका युट्युव च्यानलबाट अपलोड गरिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

यो पनि