जेठ ०५, २०८१, शनिबार
               

आज बिहानैदेखि मौसमकाे प्रभाव, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानैदेखि देशका विभिन्न स्थानहरुमा मौसमकाे प्रभाव पर्ने भएकाले आम नागरिकलाई सचेत रहन सुझाव दिएको छ ।

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी  प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा  भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

यस्तै राती देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा पनि भारी  वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि