असोज ०५, २०८१, शनिबार
               

तीन दिनको लगातार वर्षाले पहिरो खस्दा चार सय रोपनीमा लगाइएको बाली नष्ट

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

हुम्ला । तीन दिन लगातार भएको वर्षापछि आएको पहिरोले चार सयभन्दा बढी रोपनी जग्गामा लगाएको बालीनाली नष्ट भएको छ । वर्षा बढी हुँदा भिरालो जमिनमा लगाएको बालीमा पहिरो गएपछि धेरै क्षति भएको हो ।

बाली कामै नलाग्ने गरि पहिरोले बगाएको छ । बाली बगाउने मात्र होइन जग्गामा पहिरोले चिरा पारेर काम नलाग्ने बनाएको ताँजाकोट गाउँपालिका–२ की धान्‍न पुरी मल्लले बताइन् ।

उनले भने, ‘बालनाली सबै पहिरोले लगेपछि अब ताँजाकोटका किसानलाई भोकमरीको चिन्ता थपियो । एउटा किसानले तीनदेखि पाँच रोपनी बाली गुमायो । अब हाम्रो बिजोग हुने भयो ।’

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको जताततै बाढी पहिरो गएर चार सयभन्दा बढी रोपनी जग्गामा लगाएको बाली नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाको भनाइ छ । उनका अनुसार ‘पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाको जग्गामा बढी वर्षा भएकै कारण पहिरो गएको र जग्गामा कोदो, चिनो, कागुनो, धान लगायतका खाद्य तथा दलहन बाली बगाएको हो ।’

यसबाट पाँचदेखि सात करोडको बाली नष्ट भएको गाउँपालिकाले जनाएको छ । बाला पसाउने बेला बाली नष्ट भएपछि किसानहरुमा थप चिन्ता थपिएको छ ।अधिकांश किसानलाई आफ्नै उत्पादनले ६ देखि ८ महिना मात्र खाना पुग्ने अवस्था छ । यसले यो वर्ष मंसिरपछि कर्णालीमा भोकमरीको सम्भावना बढ्ने स्थानीहरुको गुनासो छ ।


कस्तो लाग्यो ?

यो पनि