जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रकविको निधनमा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङदी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । 

'आफ्नो गाउँपालिकामा जन्मिनुभएका र जिल्लासँगै राष्ट्रलाई दिनुभएको योगदानको कदर र स्मरण गर्दै' सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो । 

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौंस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङदी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका थिए । 

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ । 

यो पनि