असोज ०६, २०८१, आइतबार
               

राष्ट्रकविको पार्थिव शरीरमा उपप्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज (बुधबार) बिहान घिमिरेको निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न घिमिरे निवास पुगेका थिए ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ  काठमाडौं, कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । 

राष्ट्रकवि घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।


कस्तो लाग्यो ?

यो पनि