बैशाख २१, २०८१, शुक्रबार
               

बँदेलको आक्रमणबाट चार जना घाइते

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते सुनार  र ४८ वर्षीय उदय रावल घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घाइतेहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको बताए ।

जङ्गलबाट गाउँ पसेर खेतबारीमा काम गरिरहेकादेखि सडकमा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको छ, उनले भने, यसअघि पनि सोही बँदेल गाउँमा आएर आक्रमण गरेको भन्ने पनि बुझियो ।

घटनापछि थप क्षति हुन नदिन प्रहरीको टोलीले गोली हानेर बँदेल मारेको छ । घटनापछि २/४ सयको सङ्ख्यामा स्थानीयवासी जम्मा भए, उनले भने, बँदेलले थप मानवीय क्षति गर्नसक्ने आँकलन गरिएपछि मारिएको हो । 

स्थानीय प्रशासनसितको समन्वयमा थप क्षति हुन नदिन बदेल मारिएको प्रहरीले जनाएको छ । बँदेललाई प्रहरीले शुक्लाफाँटा निकुञ्ज प्रशासनको जिम्मा लगाएको छ । 


कस्तो लाग्यो ?

यो पनि