बैशाख १७, २०८१, सोमबार
               

मृतकका परिवारलाई आर्थिक सहयोग

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परी अकालमा मृत्युभएका परिवारलाई एक-एक लाख रुपैयाँ  प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई  रकम हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । 

किरिया खर्चबापत प्रतिमृतक २५ हजार रुपैयाँ र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद रकम पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणमा उनी सहित, जुगल गाउँपालिका र  इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए ।  

पहिरो प्रभावितलाई प्रतिपरिवार एक लाख २५ हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

यो पनि