जेठ ०५, २०८१, शनिबार
               

कपिलवस्तुमा मास्क लगाउन अनुराेध गर्दा उल्टै गाउँले बोलाएर सईसहित ६ प्रहरीलाई कुटे

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन् । कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन् ।

तीमध्ये ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी जवान जियावन कहार र महेन्द्र यादव छन् । घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ ।  

मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए ।

प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ६ युवा बोलाई एक्कासि आक्रमण भएको सई सुनिल मल्लले बताए । ती युवाले लाठी र रडले प्रहरीमाथि प्रहार गरेको थिए ।
 


कस्तो लाग्यो ?

यो पनि