बैशाख २१, २०८१, शुक्रबार
               

उपत्यकामा पैदलयात्रीकाे गलाबाटै सुनको सिक्री लुटपाट

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको सिक्री साेमबार दिउँसै लुटपाट भएकाे छ । 

प्रहरीका अनुसार करिब ९८ हजार रुपैयाँ बराबरको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर फरार भएका छन् ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि