असोज ०५, २०८१, शनिबार
               

दुई गाउँलेबीच विवाद हुँदा १३ राउण्ड हवाई फायर, १५ जना घाइते

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

बारा । कुलोमा माछा मार्ने विषयमा दुई गाउँलेबीच झडप हुँदा बारामा ४ प्रहरीसहित १५ जना घाइते भएका छन् । 

साथै प्रहरीले स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-११ को भगवानपुर र आदर्शकोतवाल गाउँपालिका-६ पटेर्वाका स्थानीयबीच कुलोमा कुन समूहले माछा मार्ने विषयमा झडप भएको प्रहरीले जनाएकाे छ ।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि