बैशाख २३, २०८१, आइतबार
               

विद्युतीय गाडीमा वृद्धि भएको कर पुनर्विचार हुन्छ : ऊर्जामन्त्री पुन

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं  । ऊर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुविर्विचार हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३५औँ वार्षिकोत्सवमा मन्त्री पुनले यस्तो बताएका हुन् । 

विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सोबारे पुनर्विचार गर्ने बताएका छन् । 

अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आव २०७७/७८ को वार्षिक कार्यक्रममा विद्युतीय गाडी आयात गर्दा लाग्ने भन्सार र अन्त:शुल्क दरमा व्यापक वृद्धि गरिएको हो ।

विद्युतीय गाडीमा ९० प्रतिशत सम्म सहुलियत दिइरहेको अवस्थामा चालू आर्थिक वर्ष २०७७/७८ को बजेटले कर वृद्धि गर्ने निर्णय गरिएको थियो । 

सोमबार विद्युत प्राधिकरण (एईए)को ३५औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उर्जामन्त्री वर्षमान पुनले विद्युतीय गाडी भएको कर वृद्धिको सम्बन्धमा मन्त्रालयगत रुपमा छलफल भइरहेको बताए ।

यो पनि