असोज ०५, २०८१, शनिबार
               

कालोपत्रे निर्माणको १ महिना नपुग्दै सीमा सडकका ठाउँठाउँमा भ्वाङ

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

कैलालीमा भएको सीमा सडक कालोपत्रे निर्माणको १ महिनामै सडकमा फाट्न र भ्वाङ पर्न थालेको छ । कैलाली जिल्लामा निर्माणाधीन नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा कालोपत्रे गरेको १ महिना नबित्दै ठूला–ठूला दरार फाट्न थालेका छन् ।

निर्धारित समयभन्दा निकै ढिलो गरी निर्माण भइरहेको सडक गुणस्तरहीन समेत बनेको छ । सडक छोटो समयमै भत्किन थालेपछि स्थानीय चिन्तित छन् ।

कैलारी गाउँपालिका–३ खोनपुरका स्थानीय लहानु चौधरीले ठेकेदारले आफूहरूको सल्लाहलाई बेवास्ता गरी निर्माण गरेपछि जेठमा सम्पन्न भएको कालोपत्रे असारमै भत्किएको जानकारी दिए ।

उनका अनुसार ठेकेदारले सडकमा माटो पटान गरेको तर सडकको ‘लेयर’ अनुसार ‘कम्पेक्सन’ नपुगेपछि १ महिनामै भत्किएको छ ।

भारतको चन्दनचौकीदेखि फूलबारी हुँदै चौमालासम्म ३२ किलोमिटर रहने सो सडकले पूर्वपश्चिम राजमार्गसँग जोड्ने गर्छ । १४ किलोमिटर सडक कालोपत्रेको लागि आर्थिक वर्ष २०७४/०७५ मा नागार्जुन कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग १८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

हाल दोस्रो पटक थपिएको म्यादमा काम गरिरहेको सो निर्माण कम्पनीले २०७७ कात्तिक २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने डिभिजन प्रमुख अर्जुन बमले बताए । तर सडक अन्तर्गत कैलारी गाउँपालिका–३ स्थित मोहना नदीदेखि हुलाकी राजमार्गको सुर्मीनाला पुलसम्मको करीब २ किलोमिटर कालोपत्रे सडकको ठाउँठाउँमा भाँसिएको छ ।

सुर्मी नालाको छेउ भएर निर्माण भएको सडकमा कालोपत्रेको लागि राम्रो ‘बेस’ तयार नहुँदै कालोपत्रे गरिएपछि भत्किन थालेको कैलारी गाउँपालिका–३ का स्थानीय मनोज चौधरीले बताए ।


कस्तो लाग्यो ?

यो पनि