असोज ०५, २०८१, शनिबार
               

उपत्यकामा प्रवेश गर्ने मुख्य नाकामा चेक जाँचमा कडाइ

नेपाल फ्ल्यास
साउन ३२, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको हटस्पट बनेसँगै भित्रिन र बाहिरिन कडाइ गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीले चेक जाँचलाई कडाइ गरेको हो । काठमाडौँ उपत्यकामा आइतबारसम्म १९ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । समुदाय स्तरमा कोरोना फैलिएर भयावह भएपछि विभिन्न नाका हुँदै राजधानी प्रवेश गर्न खोज्ने यात्रु  र सवारीसाधनलाई प्रवेश दिइएको छैन ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गर्न आग्रह गरेसँगै नाकामा कडाइ गरिएको हो । उपत्यकामा कोरोना सङ्क्रमित दिनानुदिन थपिएपछि उपत्यका प्रवेशमा कडाइ थालिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जनकारी दिए ।

उनले भने ‘बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्य ढुवानी गर्ने साधनलाई मात्रै प्रवेश दिइएको छ । अरू आवागमन हामीले पूर्ण रुपमा रोकेका छौँ । ’

सङ्क्रमित बढेसँगै १५ भदौसम्म उपत्यकाभित्रै पनि भिडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको गत शुक्रवार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि