असोज ०५, २०८१, शनिबार
               

भाइको निधनले भावुक बने ट्रम्प

एजेन्सी
साउन ३२, २०७७

ADVERTISEMENT

भाइ रोबर्ट ट्रम्पको निधनका कारण अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भावुक भएका छन् । 

शनिबार न्युयोर्कस्थित एक अस्पतालमा राष्ट्रपतिका भाइको निधन भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले भने भाइलाई गुमाउनु पर्दा मन दुखेको छ । 

दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सबैभन्दा राम्रो साथी भएको स्मरण भावुक बन्दै भने, ‘भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको छ र चाँडै उनीसँग फेरी भेट हुने विश्वास छु ।’

भाइको याद मनमा ताजा रहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका छन्  । 

पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाई रोबर्ट ७२ वर्षका थिए । उनको रोग र समस्याबारेमा भने सार्वजनिक गरिएको छैन ।  

ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा उनी सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वासिला पात्र पनि थिए ।  


कस्तो लाग्यो ?

यो पनि