असोज ०५, २०८१, शनिबार
               

मोटरसाइकल ठोक्किएर नदीमा बेपत्ता भएका युवकको शव फेला

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

दाङ । दाङमा सानो राप्ती नदीको पुलमा मोटरसाइकल ठोक्किएर नदीमा खस्दा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । 

शनिबार राति ११ बजेतिर लमहीबाट गढवातिर जाँदै गरेको लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका-७  चन्दनपुर निवासी २७ वर्षीय मनोज चौधरीको शव आज बिहान सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले फेला पारेको हो । 

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार उनी मोटरसाइकलमा पछाडि सवार व्यक्ति हुन् । 

मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय सुरजनारायण चौधरीको भने शनिबार राति नै शव फेला परेको थियो । पुलमा ठोक्किदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेका थिए ।

शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि