असोज ०५, २०८१, शनिबार
               

अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्साअंकित प्रतीक चिन्ह संयुक्त रुपमा हस्तान्तरण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । संघीय संसदका महासचिव डा.भरतराज गौतमले नेपालको नक्सा अद्यावधिक भएपश्चात बनाइएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) हस्तान्तरण गरेका छन् । 

नेपालको नक्सा अद्यावधिक भएपश्चात बनाइएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतिक (लोगो) संयुक्त रुपमा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरिएको हो । 

सो लोगोमा दुई लाल सुनको जलप एक तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले बताए । 

गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेसँगै सो प्रतीक चिन्ह बनाइएको हो । 

यो पनि