कात्तिक २६, २०८१, सोमबार
               

पहिरो पीडितको उद्धार

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

धादिङ । रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो पीडितको उद्धार गरिएको छ ।

६ परिवारलाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखेको गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा घलेले बताए ।

गाउँपालिकाले ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई उद्धार गरी गाउँमा राखेको हो । 

घरमाथि आएको पहिराले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । उनीहरुको घरगोठमा क्षति पुगेको छ ।

गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष जानकारी दिए । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको छ ।


कस्तो लाग्यो ?

यो पनि