जेठ ०५, २०८१, शनिबार
               

रौतहटमा एक युवकको घाँटी रेटेर हत्या

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

रौतहट । रौतहटमा एक युवकको घाँटी काटेर हत्या गरिएको छ । 

गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार, चमारको धारिलो हतियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको छ । 

आज (आइतबार) बिहान ६ बजे जिंगडिया गाउँभन्दा करिब तीन सय मिटर पर चौरमा शव फेला परेको हो । 

घटनास्थलमा तालिम प्राप्त कुकुर मगाइएको डिएसपी महतोले जानकारी दिए । 

कसैले कुनै रिसिबीको कारण उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 


कस्तो लाग्यो ?

यो पनि