असोज ०५, २०८१, शनिबार
               

लिदी पहिरो अपडेट : थप २ जनाकाे शव फेला

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा पहिरोमा परेर बेपत्तामध्ये थप २ जनाकाे शव भेटिएकाे छ । शनिबार दिभभरि ७ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो ।

शनिबार जुगल गाउँपालिका २ का १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीय मेकमाई दोङ, ११ वर्षीया च्यांमा दोङ, ७ वर्षीया बिमला दोङ, ७ महिनाका कविर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षीय मानबहादुर दोङको शव भटिएको हो ।

पहिरोमा पुरिएर आज भेटिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षीय रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित ५ जनाको चौतारा र काठमाडौंमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि