असोज ०५, २०८१, शनिबार
               

आनन्ददायक शिवपुरी राष्ट्रिय निकुञ्ज

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज राजधानी काठमाडौंबाट नजिकै रहेको राष्ट्रिय निकुञ्ज हो । विसं २०५८ सालमा स्थापना भएको यो राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफल १५९ वर्ग किमि छ ।

काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको यो राष्ट्रिय निकुञ्ज काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ ।  

यो नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थित पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । काठमाडौंको रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहानसम्मको दूरी १२ किमि छ ।

यो राष्ट्रिय निकुञ्ज पारिस्थितिक पद्धति संरक्षणका लागि मात्र नभएर पछिल्लो समय एक पर्यटकीय क्षेत्रका रुपमा पनि लिन सिकन्छ । देशकै राजधानी काठमाडौंबाट नजिक रहेका यहाँबाट देखिने उपत्यकाको मनमोहक दृष्य अवलोकनका लागि मानिसहरु यस क्षेत्रमा जाने गर्छन् ।

शिवपुरी राष्ट्रिय निकुञ्ज राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज हो । 

सन् १९७८ मा शिवपुरी संरक्षित जलाधार क्षेत्र कायम गरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो । विसं २०५८ साल ( सन् २००२) मा शिवपुरी राष्ट्रिय निकुञ्जमा परिणत भएको थियो । 

नागार्जुन वनक्षेत्र तत्कालीन राजा विरेन्द्रको निजी वनको रुपमा थियो । राजा वीरेन्द्रको वंशनासपश्चात् सो वन क्षेत्र राष्ट्रियकरण गर्ने राजनीतिक निर्णयानुसार सन २००९ मा १५ वर्ग कि.मि. क्षेत्रफल शिवपुरी राष्ट्रिय निकुञ्जमा गाभिएको थियो । 

छिनछिनमा मौसम भइरहने भएकाले पनि शिवपुरी राष्ट्रिय निकुञ्ज पछिल्लो समय आममानिसहरु घुमफिर गर्न रुचाउँछन् ।

घना जंगलको बीचमा बाटो, वनस्तिको सुगन्ध, स्वच्छ हावा, केही पिक्निकस्थल, आरामका लागि पाटी, उपत्यकाका विभन्न फाँटका मनमोहक दृष्यले जोकोहीको पनि मन लोभ्यउँछ ।

यो पनि