बैशाख २४, २०८१, सोमबार
               

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

चितवन । नारायणी नदीले जलसतह सर्तकता तह पार गरेको छ ।

देवघाट बाढी मापन केन्द्रमा नदीले जलसतह सतर्कता तह पार गरेको हो । 

शनिबार बिहान ८ः५५ बजे देवघाटमा नदीको सतह ७.६ मिटर पुगेको हो । नारायणी नदी देवघाटमा ७.३ मिटर पुग्दा सतर्कताको तहमा पुगेको मानिन्छ । यस्तै उक्त ठाउँमा नदीको सतह ८ मिटर पुग्दा खतरा मानिन्छ ।

नदीको बहाव खतरा तह आसपास पुग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न उनले अनुरोध गरे । 

नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो-भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन उनले आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि