जेठ ०८, २०८१, मंगलबार
               

नेपालको अद्यावधिक नक्सा अंग्रेजी संस्करणमा

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् ।

 नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी उक्त नक्सा स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो ।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ति बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि