जेठ ०५, २०८१, शनिबार
               

छुरा प्रहार गरी मनमैजुमा युवकको विभत्स हत्या

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । राजधानीको मनमैजुस्थित मितेरी पुल नजिकै एक युवकको  छुरा प्रहार गरी विभत्स हत्या भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले शुक्रबार छुरा प्रहार गरेर लक्ष्मण तामाङको हत्या गरिएको जनाएकाे छ । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि ग्रिनसिटी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका तीन तीन जना युवाहरु मादक पदार्थ सेवन गरिरहेका थिए ।  सोही क्रममा विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि