जेठ ०६, २०८१, आइतबार
               

पाण्डेलाई उपरथीको दर्ज्यानी

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ ।

सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित समारोहमा  प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट उपरथीमा बढुवा भएका पाण्डेलाई नर्ज्यानी प्रदान गरेका हुन् । 

मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

हाल पाण्डे उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारीमा छन् । 

 


कस्तो लाग्यो ?

यो पनि