जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डद्वारा दुःख व्यक्त

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिरोको कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गरेका छन् । 

गए राति परेको अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाञ्चोकको जुगल गाउँपालिका–२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको छ । 

उक्त पहिरोमा परी सात जनाको मृत्यु हुनुका साथै करिब ३५ जना बेपत्ता छन् ।  

भिडियो हेर्नुहोस्ः

यस्तै कालीकोट महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो । 

अध्यक्ष प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पुर्‍याउन सम्बन्धित सबैमा आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि