असोज ०५, २०८१, शनिबार
               

महाकालीमा पानीको बहावको जानकारी दिने स्वचालित यन्त्र जडान

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । महाकाली नदीमा रहेको पानीबारे स्वचालित यन्त्रले जानकारी दिने गरिएको छ ।

परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । 

बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो । पूर्वसूचना प्रणालीको यो माध्यमले सम्भावित जोखिमबाट हुने क्षतिलाई कम गरेको छ । खासगरी बर्खायाममा पानी कति बढ्यो र घट्यो भनेर हेरिन्छ ।

पानीको सतह बढे पूर्वसूचनाका आधारमा उचित व्यवस्थापन गर्न र सचेत रहन मद्दत पुग्छ ।

केही दिनअघि मात्रै महाकाली नदीमा पानीको सतह निकै बढेको थियो । पानीको सतह खतरासम्म पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइन्छ । साइरन बजाएरसमेत सचेत गराइने गरेको छ । परशुरामको गेजले कञ्चनपुरको भुजेलासम्मका बासिन्दालाई सचेत रहन मद्दत पुग्ने बताइएको छ । 

स्थानीयवासी स्वयंले पनि यसबाट जानकारी लिन सक्छन् । यसले बाढीबाट हुने सम्भावित जोखिमको क्षति कम गर्न सहयोग गरेको छ । मेसिन चार्जका लागि सोलार पाता जडान गरिएको छ । यस क्षेत्रमा सञ्चालनमा आउने नेटवर्कमा नेपाल टेलिकम र एनसेलको सिमकार्ड राखिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको अनलाइनमार्फत जानकारी लिन सकिन्छ । नेटवर्कले काम नगरेका खण्डमा स्थानीयवासीलाई पनि खटाउने गरिएको छ ।

महाकाल किनारमा पानीको सतह नाप्ने गरी संरचना बनाइएका छन् । यसका आधारमा रिपोर्टिङ गरिने गेज रिडर डम्बरदत्त जोशीले  जानकारी दिए । 

अन्य समयमा भने दैनिक चारपटक रिपोर्टिङ गर्नुपर्ने बताइएको छ । यसका अलवा उनले वर्षात्को समयमा पूरैदिन गेजमै बस्नुपर्ने बताए । 

कुन बेला पानीको सतह बढ्छ भन्ने पत्तो नहुने भएकाले दिनभरि नै गेजमा बसी जानकारी दिनुपर्ने उनले बताए । 

यस्तो प्रविधि नेपालका ठूला नदीमा जडान गरिएको छ । यो पूर्वसूचना प्रणालीको एक माध्यम हो । नदीमा पानीको सतह कम भएका बेला हिउँदमा नदीमा पानीको सतह मापन गरी पाइप जडान गरिन्छ । पाइपभित्र बब्लर राखिन्छ । यसले पानीको सतह बढेको वा घटेको बारे आफैँ जानकारी दिने एक स्थानीयले बताए । 

रुडुक डडेल्धुराद्वारा सञ्चालित परियोजनाले परशुराम नगरपालिका– ५ र ६ का समुदायमा समन्वय र सचेतनाका क्षेत्रमा काम गरिरहेको छ । महाकालीमा ६५ प्रतिशत पानी भारततर्फका नदीबाट आउने गरेको छ । यसले गर्दा दार्चुलामा राखिएको गेजले दिने जानकारीमा फरक पार्छ ।

यो पनि