असोज ०५, २०८१, शनिबार
               

मोटरसाइकलमा आगजनी

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । 

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए । 

पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए । 

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए । 

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ । 

यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो । 

त्यसको एक हप्तापछि उनको बारीको तरकारीको बिरुवामा क्षति पुर्‍याइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि