असोज ०५, २०८१, शनिबार
               

कालिकोट पहिरोः मृतक ६ जनाकै सनाखत

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

कालिकोट । कालिकोटमा पहिरोले घर पुर्दा मृत्यु भएका एकै परिवारका ६ जनाको सनाखत भएको छ ।

महावै गाउँपालिका–३, नकुमा गएराति वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरेको थियो ।

पहिरोमा परेर राजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुुसार, उनीहरु रातिसम्म तीजको लागि नाचगान गरिरहेका थिए । 

माथिबाट एक्कासी पहिरो आएपछि उनीहरु पुरीएका थिए । शुक्रबार  बिहान उनीहरुको शव निकालिएको हो ।


कस्तो लाग्यो ?

यो पनि