काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् । पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको छ। पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ। घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।