जेठ ०५, २०८१, शनिबार
               

दुई वटा ट्रकमा आगलागी

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । 

औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प  ६५०३ र ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ ।

हेटौँडा उपमहानगरपालिकाको  दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । 

यसैबीच  त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२ पिस्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गाखानीमा गएराति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।  

ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो । मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । 

पहिरोमा तीन वटा टिपर र एउटा स्काभेटर पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

अहिले त्रिभुवनराजपथ पनि अवरुद्ध रहेको र पहिरो  पन्छाउने काम भइरहेको बताइएको छ  । 


कस्तो लाग्यो ?

यो पनि