असोज ०५, २०८१, शनिबार
               

वडाध्यक्षको घरबाटै मोटरसाइकल चोरी

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

नवालपरासी । नवलपरासीका एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट मोटरसाइकल चोरी भएको हो ।

वडाध्यक्ष थारुले प्रयोग गर्ने लु १ ब १९२९ नम्बरको होण्डा साईन (सरकारी मोटरसाइक) गएराति चोरी भएको हो । 

कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई उक्त मोटरसाइकल दिएको थियो । 

घरको कम्पाउण्डमा राखिएको मोटरसाइकल गएराित चोरी भएको वडाध्यक्ष थारुले जानकारी दिए । मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।

नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेतो नम्बर प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ । 


कस्तो लाग्यो ?

यो पनि