बैशाख २८, २०८१, शुक्रबार
               

नगद एक लाख नगदसहित १७ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

कास्की । प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेरामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा फेलापारि खानतलासी गर्दा एक लाख दुई हजार ४९० रुपैयाँ र २२४ पत्ती तास फेला प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि