जेठ ०५, २०८१, शनिबार
               

आजपनि देशभर मौसमको प्रभाव, सतर्कता अपनाउन आग्रह

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मौसमको विवरण प्रकाशन गर्दै सम्पूर्ण देशवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहानैदेखि देशका केही स्थानमा हल्का घाम देखिनुका साथै बादल पनि लागेको छ भने दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

यसैगरी राती पनि देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बाग्मति प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि