जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । 

बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको भिमान घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्का छन् । 

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित एक रेष्टुरेन्टमा किशोरीलाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

किशोरीलाई म्युजिक भिडियोमा खेलाउने प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको र राति रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि