असोज ०५, २०८१, शनिबार
               

तीनताप्के दुर्घटनाः दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिकाको तीनताप्केमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

तीनताप्के सडक खण्डमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी अटोमा यात्रा गरेका दुई जनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई हेटौँडास्थित चुरेहिलमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार हेटौँडाबाट नारायणगढ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौँडा बजार आउँदै गरेको अटो आपसमा ठोक्किएको हो ।


कस्तो लाग्यो ?

यो पनि