मंसिर ०७, २०८१, शुक्रबार
               

बाढी-पहिराे पीडितलाई चीनको सहयोग

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढी-पहिराे पीडितलाई चीनले सहयोग गर्ने भएको छ । चीनको तिब्बत, न्यालम काउन्टीले २० टन चामल, दुई टन दाल, फेस मास्क १० हजार थान, सोलार लाइट र पाल दुईदुई सय थान तथा  कम्बल पाँच सय थान दिने भएको हो ।

सो सहयोग सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका बाढीपहिरा पीडितलाई दिइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनको विशेष पहलमा सो सामग्री दिन लागिएको हो ।

भोटेकोशी र बाह्रबीसेमा बाढी-पहिराेबाट बाटो अवरुद्ध भएपछि केही हप्ता पहिले न्यालमका समकक्षीसँग ढकालले सहयोग गरिदिन अनुरोध गरेका थिए । केही दिनमा ती सामग्री आउने चिनियाँ पक्षबाट थाहा भएको छ ।

यी खाद्य सामग्रीले बाढीपहिराबाट विस्थापित परिवारको जीवनयापनमा सहयोग पुग्ने ढकालको विश्वास छ । न्यालम काउन्टीले सिन्धुपाल्चोकका लागि विभिन्न सहयोग गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि