असोज ०५, २०८१, शनिबार
               

दुई वटा बेवारिसे शव फेला

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

मकवानपुर । प्रहरीका अनुसार  मकवानपुरमा दुई जनाको बेवारिसे शव फेला परेको छ । 

बागमती गापा वडा–५, लीलाबनस्थित बागमती नदीकिनारमा पानीमा पछाडिको भाग डुबेको अवस्थामा करिब ३५ वर्षकी महिलाको शव फेला परेको छ । प्रहरी टोलीले शवलाई हेटौंडा अस्पतालको शवगृहमा ल्याएको छ । महिलाको शव सनाखत हुन सकेको छैन ।

त्यस्तै भीमफेदी गापा वडा–८, दोभानवेसीस्थित बागमती नदीकिनारमा रहेको माण्डु हाइड्रो हेडवक्र्स बकेटमा करिब ४५ का एक पुरुषको पनि शव फेला परेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि