असोज ०५, २०८१, शनिबार
               

कागज कारखाना सञ्चालनमा

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । 

जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै ५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालिनामक उद्योग सञ्चालनमा आएको हो ।

स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चापदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले सो उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ ।

विसं. २०७५ मा स्थापना भएको सो उद्योगले झण्डै दुई वर्षपछि उत्पादन सुरु गरेको सो प्रालिका अध्यक्ष सुकेशकुमार गुप्ताले बताए  ।

उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन) लाई प्राथमिकता दिएर उत्पादन शुरु गरेको बताइएको छ । 

नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको  । 

दोस्रो चरणमा सेतो कागजसमेत उत्पादन गर्ने तयारी रहेको बताइएको छ । 

मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताले  बताए । 

‘कागजलाई नेपाली पहिचान दिने र यहाँको कच्चा पदार्थलाई प्रयोग गर्दै कागजमा आत्मनिर्भर बन्ने उद्देश्यलले उद्योग सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ’कागज उत्पादनका लागि हामीले पूर्ण रुपमा स्वेदशी कच्चा पदार्थको प्रयोगमा जोड दिएका छौँ ।’

उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताए । 

युरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदूषण नहुने उनको दाबी छ । 


कस्तो लाग्यो ?

यो पनि