असोज ०५, २०८१, शनिबार
               

भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं  । वायु सेवा सञ्चालक संघ नेपालले भदौ १६ गतेबाट हवाई सेवा पुनः सञ्चालन नभएमा आन्दोलनमा जाने बताएको छ  । वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि पुनः उडान सञ्चालन नभए आन्दोलन गर्न बाध्य हुने अवस्था सृजना हुनेछ।’

संघले विश्वका सबै देशले आन्तरिक उडान गरिरहेको भन्दै नेपालमा पनि आन्तरिक उडान खोलिदिन आग्रह गरेको हो । बाढीपहिरो, असक्त बिरामी, सुत्केरी लगायतलाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको भन्दै हवाई सेवा लामो समयसम्म बन्द भएको कारणले यस उद्योगमा प्रत्यक्षरपरोक्ष आश्रित १० औं हजार श्रमिकको रोजीरोटी नै बन्द हुनका साथै हवाई उद्योग नै धरासायी बन्दै गइरहेको उल्लेख छ ।
 


कस्तो लाग्यो ?

यो पनि