जेठ ०७, २०८१, सोमबार
               

जेठ अन्तिम साता पठाइएको १४४ जनाको स्वाबको रिपोेर्ट आझै आएन

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

बैतडी । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पोट महिनौ दिनसम्म पनि आएन ।

बैतडी जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९.९ र शिवनाथ गाउपालिकाका ७ गरी १ सय ४४ जनाको स्वाब प्रयोगशालाबाटै हराएको हो ।

उनिहरु सबै घर र्फकिसेका छन् ।  जेठको अन्तिम साता पठाएको रीर्पोट अझैसम्म नआइपुग्दा उनीहरुलाई पालिकाले क्वारेन्टाइनको समय सकिएपछि घर पठाएको भुवन जोसीले बताए ।

जेठ अन्तिम सातादेखिका स्वाबहरुको रिर्पोट अझौ आइपुगेको छैन्,भने  आज भोली पठाएको स्वाबको रिर्पोट  दोस्रो, तेश्रो दिन आइपुग्छन । उनले भने, ‘जस्को स्वाबको रिर्पोट आजसम्म आएको छैन उनीहरू सबैलाई स्थानीय तहहरुले क्वारेन्टाइनको समयअवधि पुरा गरी घर पठाइसकेका छन् ।’

यस्तै जिल्लाको शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र पुर्चोडी नगरपालिकाका क्वारेन्टाइनहरु पुर्ण रुपमा खाली भइसकेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क ब्यक्ती जोसीले बताए ।


कस्तो लाग्यो ?

यो पनि